
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक राखेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि आकस्मिक रुपमा पदाधिकारी एवं पूर्वपदाधिकारीहरुको बैठक बोलाउनुभएको हो ।
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच शनिबार भेटवार्ता भएको थियो । ओली निवास बालकोटमा करिब साढे २ घण्टा भएको लामो छलफलको योजना तथा निर्णयबारे दुवै पक्षले अहिलेसम्म गोप्य राखेका छन् । सभापति देउवाले ओलीसँगको भेटवार्तापछि पदाधिकारी एवं पूर्वपदाधिकारी बोलाउँल राजनीति वृतमा सत्ता समीकरण फेरबदल हुन सक्ने आंकलन समेत गरिएको छ । कांग्रेसका महामन्त्री गगगन थापा, तथा वरिष्ठ नेता डा शेखर कोइराला लगायतले मुलुकको राजनीतिक स्थायित्व र विकाको लागि केही वर्ष कांग्रेस र एमालेबीच सत्ता समीकरण गर्नुपर्ने बताउँदै आउनुभएको छ । एमालेका केही नेताहरुले समेत यस्तै धारणा राख्दै आएका छन् ।
ओलीसँगको भेटवार्तापछि सभापति देउवाले कांग्रेसले आज दिउँसो ३ बजेका लागि पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको हो । देउवा निवास बूढानीलकण्ठमा राखिएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको आन्तरिक छलफल हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, नेविसङ्घलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधि लगायत समसामयिक विषयमा छलफल हुने जानकारी दिनुएको छ ।
बैठकमा असार १५ गतेबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेको विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेसमेत प्रचार विभागका प्रमुख विश्वकर्माले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै