
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) को १० औं महाधिवेशन उद्घाटन समारोहमा आइतबार बोल्दै सभापति देउवाले एकीकृत समाजवादीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा नेपालको राजनीतिमा सकारात्मक, महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ ।
‘एकीकृत समाजवादीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा नेपालको राजनीतिमा सकारात्मक र महत्वपूर्ण, निर्णायक, भूमिका निर्वाह गरेको छ,’ उहाँले भन्नुभयो, ‘संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत् मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्वपूर्ण एजेण्डा हुन्।’
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकाप्रति गहिरो प्रतिवद्धताका साथ एकीकृत समाजवादीले कार्य गरिरहेको सभापति देउवाले बताउनुभयो । भविष्यमा पनि यसको निरन्तरता हुनेछ भन्ने विश्वास लिएको छु,’ सभापति देउवाले भन्नुभयो ।
सभापति देउवाले नेपालको राजनीतिमा, मुलुकमा शान्ति स्थापना गर्ने सवालमा, संविधान निर्माणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
सम्बन्धित समाचार...
एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयासमा छौं : प्रचण्ड
एकीकृत समाजवादीको महाधिवेशन एमालेद्वारा बहिष्कार !
एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन शुरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन