
काठमाडौँ । क्यानडाको एयरलाइन वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४ सय भन्दा बढी उडान रद्द गरेको छ ।
क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रुप्रभावित हुने गरी ४ सय ७ उडान रद्द भएको जनाएको छ । एयरलाइन प्रशासन ‘युनियनसँग वार्ता गर्न अनिच्छुक’ भएको कारण एयरक्राफ्ट मेकानिक्स फ्रेटरनल एशोसिएशनले आफ्ना सदस्यहरूले शुक्रबार साँझदेखि हडताल सुरु गरेको र यो अपरिहार्य भएको बताएको छ ।
संघीय सरकारले बिहीबार बाध्यकारी मध्यस्थताका लागि मन्त्रीस्तरीय आदेश जारी गरेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडानप्रभावित हुने गरी आकस्मिक हडताल भएको हो । त्यसपछि नयाँ सम्झौताका लागि युनियनसँग दुई सातासम्म चलेको अशान्त छलफलपछि यस्तो भएको हो ।
वेस्टजेटले सोमबार क्यानडा डेमा समापन हुने लामो सप्ताहन्तका लागि आइतबारसम्म विमान पार्किङ जारी राख्ने जनाएको छ । एयरलाइन्ससँग करिब २ सय वटा जहाज छन् र आइतबार साँझसम्ममा करिब ३० वटा उडान भर्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै