
काठमाडौँ । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी गरिएको छ ।
अष्ट्रेलियाको तथ्याङ्क विभाग (एबीएस) का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ । जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो । रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने जनाउदै बेरोजगारी दर लगातार पाँच महिना ४.० प्रतिशतमा रहेको एबीएसले जनाएको छ ।
पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको सङ्ख्या तीन लाख आठ अथवा (२.२ प्रतिशत) ले बढेको छ, जुन महामारीपूर्वको २० वर्षको औसत २.० प्रतिशतभन्दा बढी हो । रोजगारमा रहेका अस्ट्रेलियालीको सङ्ख्या फेब्रुअरी र मार्चको बिचमा ३२ हजार २ सयले वृद्धि भएको एबीएसले जनाएको छ भने सोही अवधिमा बेरोजगारहरु ३ हजारले बढेको छ ।
एबीएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकले रोजगार–जनसङ्ख्या अनुपात (काम गर्ने उमेरको जनसङ्ख्या) मार्चमा ६४.१ प्रतिशत रहेको छ । रोजगारीमा वृद्धिको बावजुद, क्रिकले अष्ट्रेलियालीले काम गर्ने समय मार्चमा ०.३ प्रतिशतले घटेको बताउदै यसको कारण चक्रवात लगायत प्रमुख मौसमी घटना भएको बताउनुभयो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने