
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको समसामयिक अवस्थाबारे छलफल भएको छ ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो । उहाँहरुबीचको भेटवार्तामा सरकारको काम कारबाही र समसामयिक परिस्थिति र शान्ति प्रक्रिया टुंगोमा पुर्याउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
एमाले अध्यक्ष ओलीसँग शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको थियो । कांग्रेस सभापति देउवाले पत्नी आरजूसहित बालकोट पुगेर ओलीसँग भेटवार्ता गर्नुभएको हो । ओली र देउवाबीच साढे २ घण्टा भएको भेटवार्ता भएका विषय वस्तु दुवै पक्षले अहिलेसम्म सार्वजनिक गरेका छैनन ।
ओली र देउवाबीचको भेटवार्ताको सवाल गोप्य रहेपछि प्रधानमन्त्री दाहाल सशंकित बन्नुभएको स्रोतको भनाई छ । देउवासँगको अकस्मात भेटवार्ताको सवाल गोप्य रहेपछि प्रधानमन्त्री दाहालले ओलीलाई आइतबार बिहान छलफलको लागि बोलाउनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै