
धनकुटा । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सन् २०३० सम्म नेपाली नागरिकलाई स्वच्छ पानी खुवाउने सरकारको लक्ष्य समयमा पूरा हुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको खानेपानी समस्या समाधानका लागि ‘एक घर, एक धारा’ कार्यक्रम र स्वच्छ खानेपानी कार्यक्रमलाई देशभरि तीव्रता दिइएको जानकारी दिनुभयो ।
तराई क्षेत्रको खानेपानी व्यवस्थापनका लागि चुरे क्षेत्रको जलाधार संरक्षणमा आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । काठमाडौँवासीका लागि मेलम्चीको पानी सहज आपूर्ति गर्न मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीयलाई राहतको व्यवस्था गरिएको र बाढीले बगाएको खानेपानी इन्टेक निर्माण गर्न लागिएको मन्त्री राईले जानकारी दिनुभयो ।
खानेपानी नागरिकको मौलिक अधिकार भएकाले आम नेपालीहरुले निःशुल्क खानेपानी खाने व्यवस्था गर्न आवश्यक कानुन निर्माणका लागि विधेयक बिनिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै