
बागलुङ । गए राति भीषण वर्षासँगै खसेको पहिराले दुईवटा राष्ट्रिय राजमार्ग अबरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध भएका हुन् ।
कालीगण्डकी करिडोरअन्र्तगतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।
मध्यपहाडी राजमार्गअन्र्तगत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अबरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका–९ गल्याङ र बडिगाड गाउँपालिका–२ हाँडीखोलामा पहिरोले पूर्ण रूपले सडक अबरुद्ध भएको छ ।
पहिरोका कारण बागलुङ– कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अबरुद्ध भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन