
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक सञ्जाल विस्तारका क्रममा जथाभावी डोजरले नभत्काउन सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसद अनिषा नेपालीले पछिल्लो समयमा विकासको नाममा झन–झन विनास बढ्दै गएको जनाउँदै हिमाली र पहाडी जिल्लामा जथाभावी बाटो निर्माण गर्ने क्रममा महत्वपूर्ण स्थान भत्काउने काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो ।
सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लाको तामागढी–सिम्रनगण सडक खण्ड सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि जनताले मुआब्जा नपाएको हुँदा तत्काल मुआब्जा वितरण गर्न माग गर्नुभयो ।
सांसद अजयकुमार चौरसियाले सरकारले ठूला–ठूला परियोजनामा लिएको ऋण तिर्न सक्ने अवस्था नभएको जनाउँदै अबका दिनमा नेपालले विदेशी ऋण लिने गम्भीर बन्न जोड दिनुभयो । सांसद अब्दुल खाँनले भारतबाट आएका पर्यटनको लागि पशुपति क्षेत्रलगायमा व्यवस्थित बसोबासको प्रबन्ध मिलाउनुपर्छ भन्नुभयो ।
सांसद अमनलाल मोदीले सरकारले ल्याएको स्वाथ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जीवन परियारले कास्की जिल्ला लगायतका जिल्लामा भारी वर्षाका कारण भएको बाढीपहिरो पीडितले राहत नपाएको बताउनुभयो । सांसद जुलीकुमारी महतो महासेठले एसइई परीक्षामा ५२ प्रतिशत अनुत्तीर्ण भएको विषयमा सरकार गम्भीर हुनुपर्छ भन्नुभयो ।
सांसद टेकबहादुर गुरुङले मनाङ र मुस्ताङ लगायतका जिल्लामा विकास निर्माणका काममा ध्यान दिन सरकारलाई अनुरोध गर्नुभयो । सांसद अम्मरबहादुर थापाले गत साल जाजरकोटमा गएको भूकम्पबाट प्रभावित जनतालाई अहिलेसम्म पनि राहात र क्षतिपूर्ति नपाएको बताउनुभयो ।
सांसद अमरबहादुर रायमाझीले राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउनुपर्ने माग गर्नुभयो । सांसद आस्माकुमारी चौधरीले जग्गा खण्डिकरणका कारण खेतीयोग्य जमिनमा क्षति पुगेको जनाउँदै सरकारको धयानाकर्षण गराउनुुभयो ।
सांसद ईश्वरी घर्तीले वैज्ञानिक तथा उन्नत खेतीको विकास गरी सङ्गठित कृषि बजारको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । बैठकमा ईश्वरबहादुर रिजाल, असिम शाह र अर्जुननरसिंह केसी लगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन