
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ ।
समाजवादीको नेतृत्व नेकपा एमालेबाट चुनौतिपूर्ण विद्राह गरी पार्टी स्थापना गराउनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्दै आउनुभएको छ । असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने १०औँ महाधिवेशनमा पूर्वप्रधानमन्त्री नेपाल पार्टीलाई बलियो बनाउन आफ्नो नेतृत्वको आवश्यकता अझै रहेको भन्दै अध्यक्षमा दोहोरिन चाहनुभएको छ । तर पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालले पनि अध्यक्षमा आकांक्षा राख्नुभएको छ ।
सम्मानित नेता खनाल र महासचिव भूसालले गएको निर्वाचनमा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेको भन्दै अध्यक्ष नेपालको आलोचना गर्दै नेतृत्व परिवर्तन हुनुपर्ने बताउँदै आउनुभएको छ । गएको निर्वाचनमा सम्मानित नेता खनाल र भूसाल तत्कालीन गठबन्धनले साथ दिन समेत नराम्रोसँग पराजित हुनुभएको थियो । निर्वाचनमा आफै पराजित भएकाहरुले राष्ट्रिय पार्टी बनाउन नसकेको भन्दै अध्यक्षको आलोचना गर्न उपयुक्त नहुने अन्य नृताहरुको भनाई छ ।
खनाल र भूसाल बाहेकका अन्य नेता तथा कार्यकर्ताहरुले भने अध्यक्षमा पूर्वप्रधानमन्त्री नेपालको विकल्प नभएको बताउँदै आएका छन् । अन्य नेता तथा कार्यकर्ताहरुले पूर्वप्रधानमन्त्री नेपाललाई अध्यक्ष दोहोरिन सुझाव दिँदै आएका छन् । अन्य नेता, कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरुको चाहना तथा सुझाव अनुसार पूर्वप्रधानमन्त्री नेपाल अध्यक्षमा दोहोरिन चाहनुभएको हो ।
अध्यक्षमा पूर्वप्रधानमन्त्री नेपालको विकल्न नभएको भन्दै पार्टीको विभिन्न तप्काबाट सुझाव आए पनि सम्मानित नेता खनाल र महासचिव भूसालले पनि आकांक्षा राखेपछि अन्य नेताहरुले अहिले सर्वसम्मतको प्रयास गरिरहेका छन् ।
सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ ।
राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध उम्मेदवारको खोजी गरिएको हो ।
पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव दिनुभएको छ । सम्मानित नेता खनालले सबै प्रदेश अध्यक्षसँग गर्नुभएको छलफलमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग विभाजित हुनुको औचित्य पुष्टि गर्नसक्नुपर्ने सुझाउनुभएको छ ।
कोशीबाट बलदेव चौधरी, गण्डकीका श्रीनाथ बराल, बागमतीका सावित्रा भुसाल, मधेस प्रदेशका रामचन्द्र यादव, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी हुनुहुन्थ्यो ।
पार्टीका अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव भूसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पुस्तान्तरणका विषयमा पनि छलफल गरिएको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै