
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले २१ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन हलबाट अनुमोदन हुने गरी केन्द्रीय समिति २९९ सदस्यीय बनाउने निर्णय भएको छ। यसअघि १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय भएको थियो।
साथै उहाँले पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको छ भने वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिनेछ। यसका साथै केन्द्रीय उपाध्यक्षमा महिला सिट सुरक्षित रहने व्यवस्था गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभएको छ ।
उहाँकाअनुसार महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था रहे पनि आजको बैठकले मनोनीत नगर्ने निर्णय गरेको छ । ‘पार्टीमा एक अध्यक्ष र एक महासचिव रहने व्यवस्था छ। आवश्यकताअनुसार वरिष्ठ नेताको पद सिर्जना गरिनेछ,’ उहाँले भन्नुभयो ।
१० औं महाधिवेशन तयारीबारे असार १५ गते पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिइने उहाँको भनाइ छ। खतिवडाका अनुसार सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ। यदि प्रतिस्पर्धा भयो भने पनि त्यसलाई स्वीकार गरेर जाने उहाँको धारणा छ । तर अधिकांश महाधिवेशन प्रतिनिधिको धारणा सहमतिबाटै नेतृत्व चयन गर्ने भन्ने रहेको उहाँको भनाई छ ।
एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भूसाल भिड्ने चर्चा भइरहेको छ। अध्यक्ष नेपालले आफूलाई एक कार्यकाल सहयोग गर्न नेताहरूलाई आग्रह गर्दै आउनुभएको छ भने खनाल आफू नलडेको खण्डमा भूसाललाई समर्थन गर्ने तयारीमा लाग्नुभएको छ । एकीकृत समाजवादीले असार १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा महाधिवेशन गर्दैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै