
विराटनगर । बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल आज दिउँसो ४ बजेपछि खुलेको छ। वर्षा रोकिएको र बाढीको पानी सुकेको साथै बाढीको जोखिम पनि नदेखिएकाले विमानस्थलको उडान अवतरण सुरु गरिएको विराटनगर विमानस्थलका सूचना अधिकारी युवाराज भण्डारीले जानकारी दिनुभयो ।
बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलको १ नं गेटबाट बाढी पसेपछि बुधबार बिहानैदेखि विमानस्थल बन्द गरिएको थियो। उहाँका अनुसार बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको थियो। विमानस्थलको पार्किङ क्षेत्रमा र हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको थियो।
तर, विमानस्थलको धावनमार्गमा बाढी नपसेका कारण वर्षा र बाढीको प्रभाव कम भएसँगै विमानस्थलबाट उडान र अवतरण सुरू गरिएको हो। विराटनगर विमानस्थलबाट दैनिक औषतमा १८ वटा फ्लाइट हुने गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन