
कैलाली । कैलाली र लमजुङमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । चट्याङबाट ७ जना घाइते भएका छन् ।
कैलालीमा चट्याङबाट २ जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका– १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक कविन्दसिंह बोहराका अनुसार डगौरालाई खेतमा आली लगाउने क्रममा चट्याङ लागेको थियो । महापार्वती क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो । चौधरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेको थियो । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो ।
चट्याङ लगेर जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षकी रीता कठरिया, त्यही ठाउँकी वर्ष २३ की सुष्मा डगौरा, भजनी नगरपालिका–६ वर्ष ५५ को रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनी वर्ष ९ की सरस्वती भुल र सोही ठाउँका वर्ष ७ की पारु कठायत र वर्ष १० की खिमा कठायत घाइते हुनुभएको छ ।
यसैबीच, लमजुङको क्व्होलासोथार गाउँपालिका–७ तल्लो केम्लीगाउँमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । ६५ वर्षीय दानबहादुर घर्तीलाई चट्याङ लागेको हो ।
दानबहादुर मंगलबार राति शौचालय जान बाहिर निस्कने क्रममा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिनुभएको छ ।
चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते हुनुभएको छ । प्रहरी निरीक्षक चापागाईंका अनुसार उहाँको सुन्दरबजारस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ ।
चट्याङका कारण बेँशीशहर नगरपालिका–६ शेराका स्थानीय मदन परियारको एउटा गोरु पनि मरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन