+

मन्त्रीको गाडीमा आगजनी गरेको आशंकामा १८ जना पक्राउ

काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा मन्त्रीको गाडीमा आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस)  कार्यालयअगाडि युवाले प्रदर्शन गरेका थिए ।  प्रदर्शनमा उत्रिएका आन्दोनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए। त्यसपछि बालकुमारी क्षेत्र तनावग्रस्त बनेको थियो । स्थिति साम्य पार्न प्रहरीले प्रदर्शनकारीमा अश्रुग्यास र गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर २३ वर्षीय सुजन राउतको मृत्यु भएको छ । 

मन्त्रीको गाडीमा आगजनी भएपछि प्रहरीले त्यसमा संग्लनहरुको खोजी गर्ने क्रममा १८ जनालाई पकाउ गरेको हो । उपत्यका प्रहरी प्रमुख दीपक थापाका अनुसार अहिलेसम्म १८ जनालाई पक्राउ गरिसकेको र घटनामा संलग्न बाँकीको खोजी भइरहेको  जानकारी दिनुभएको छ । 

जहाज निर्माणसम्बन्धी कामका लागि परीक्षा दिएका तर त्यसमा उत्तीर्ण नभएकाहरूले आफूहरूलाई उत्पादनमूलक कोटामा पनि फाराम भर्न दिइनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । 
सन् २०२४ मा कोरिया सरकारले करिब १६ हजार युवा लैजाने नीति लिएको छ । 

कोरियाको रोजगार अनुमति प्रणाली(ईपीएसअन्तर्गत भाषा परीक्षामा यसपटक १ लाख ४३ हजारभन्दा बढीको आवेदन परेको छ । आवेदनका लागि तोकिएको ५ दिनमा १ लाख ४३ हजारभन्दा बढीको आवेदन परेको हो । सन् २०२४ का लागि कोरिया सरकारले नेपाललाई १६ हजार जनाको कोटा उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट