
सर्लाही । रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बालिकामाथि कसुर गरेको ठहर गरेको छ ।
आज सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनलाई कसुदार ठहर गरेको हो । सरकारी वकिल कार्यालयले पेश गरेको अभियोजनअनुसार इजलासबाट बम्जनलाई दोषी ठहर भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । “आजको इजलासले बम्जनलाई बालिकामाथि कसुर गरेको ठहर गरेको छ”, उहाँले भन्नुभयो, “सजाय कति हुने भन्ने फैसला असार १७ गतेको इजलासले टुङ्ग्याउने छ ।”
अभियुक्त बम्जन हाल पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका छन् । फैसला पूर्व आजको इजलासमा दुवैतर्फका वकिलले अन्तिम बहस गरेका थिए । बहसमा बम्जनको पक्षमा वरिष्ठ अधिवक्ता सीताराम केसी, अधिवक्ता राम घिमिरे, मनोहर झा, राष्ट्र विमोचन तिमल्सिना र दिलीप झाले बहस गर्नुभएको थियो ।
अभियोगबमोजिम कैद सजायको मागसहित जिल्ला सरकारी वकिल कार्यालय मलङ्गवाका प्रमुख जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बहस गर्नुभएको थियो । बारा जिल्लाको निजगढ नगरपालिका–१२ निवासी ३० वर्षीय बम्जनविरुद्ध २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो । न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते बम्जनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन