+

बिर्तामोड–शनिश्चरे सडक कालोपत्र : स्थानीयवासी खुशी

झापा ।  झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको ६ किलोमिटर सडकमा  करिब  साढे १५ करोड रुपैयाँ लागतमा कालोपत्र गर्ने काम थालिएकोे छ । 

पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिनुभएकोे छ ।

“बहुवर्षे योजनाअनुसार सडक निर्माण  भइरहेको छ”, उहाँले भन्नुभयो, “मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ ।” बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टी मिटर रहने उहाँले बताउनुभयो । 

सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए । सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । 

‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्र शुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिनुभयो । “सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो”, उहाँले भन्नुभयो, “सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र शुरु भएको हो ।”

सडक कालोपत्रका लागि २५ करोड रुपैयाँको कबोल अङ्क तोकेर बोलपत्र आह्वान गरिएको पनि निर्माण कम्पनीले  १५ करोड ५० लाख रुपैयाँमा ठेक्का लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट