
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन प्रचार तथा आर्थिक सङ्कलनका लागि सोमबार सांस्कृतिक साँझ आयोजना हुने भएको छ ।
पार्टी निकट जनसांस्कृतिक महासङ्घले राष्ट्रिय नाचघरमा आयोजना गर्ने सांस्कृतिक साँझमा राष्ट्रिय कलाकारहरुको सहभागितामा विभिन्न गीत, नृत्य तथा साङ्गीतिक रचना प्रस्तुत गर्न लागिएको महासचिव ऋषि अधिकारीले जानकारी दिनुभयो ।
यही असार १६ देखि २० गतेसम्म काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको महाधिवेशनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नुहुने कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतको सहभागिता रहने छ । कार्यक्रममा विभिन्न जातजाति तथा भाषा, मौलिक संस्कृतिका गीत र नृत्य प्रस्तुति हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा पार्टीको महाधिवेशनका लागि आर्थिक सहयोग सङ्कलन गरिने महासचिव अधिकारीले जानकारी दिनुभयो ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग विभक्तपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक गर्न लागेको महाधिवेशनमा महासङ्घका तर्फबाट १५ जनाले प्रतिनिधिका रुपमा सहभागिता जनाउँदै छन् । पार्टीले देशभरबाट १ हजार ८ सय ४९ प्रतिनिधि छनोट गरिसकेको यसअघि नै जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन