
काठमाडौँ । मानव अधिकारकर्मी सुशील प्याकुरेलले राजदूत बन्न अस्वीकार गर्नुभएको छ । सरकारले प्याकुरेललाई दक्षिण कोरियाका लागि नेपाली राजदूतको लागि सिफारिस गरेको छ । तर अधिकारकर्मी प्याकुरेलले त्यसलाई अस्वीकार गर्नुभएको हो ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले विभिन्न ८ मुलुकको लागि राजदूत सिफारिस गरेको थियो । त्यसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि प्रस्ताव गरिएको छ । तर प्याकुरेलले आफूलाई राजदूत अस्वीकार भएको सामाजिक संजालमार्फत सार्वजनिक गर्नुभएको छ ।
‘राजदूत जस्तो जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यक्षमता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्व परामर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु’ उहाँले सामाजिक संजालमा लेख्नुभएको छ– राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा गम्भीर विमर्श आवश्यक छ। मेरो नामको सिफारिश फिर्ता लिनुहोस्।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन