
सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डमा बाढीपहिरोले पक्की पुल बगाउँदा ७ करोड बराबरको क्षति भएको छ । खाँदबारी– थामसेर्कुअन्तर्गत ठूलोढुङ्गा– अरुणथान खण्डमा सडकको ‘सब–बेस’ बगाउँदा ७ करोड बराबरको क्षति भएको छ ।
थामसेर्कु –कप्ताने सडक र कप्ताने– नुम सडक खण्डमा नाली, ग्याबिन पर्खाललगायतका संरचना बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालय सङ्खुवासभाका प्रमुख सबिन कोइरालाले जानकारी दिनुभयो । एकुवा खोलामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको पुल पहिराले बगाउँदा ४ करोड बराबरको क्षति भएको आयोजनाले जनाएको छ ।
मकालु गाउँपालिकाको फ्याक्सिन्दा दोभानमा रहेको अरुण नदीमाथिको पक्की पुल उच्च जोखिममा परेको छ । यो सडकखण्ड किमाथाङ्का हुँदै चीनसँग जोडिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन