
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ताविरुद्धको रिट फेरि हेर्दाहेर्दैमा राखिएको छ ।
गृहमन्त्री लामिछानेविरूद्ध सहकारी ठगीको मुद्दा नभएको भन्दै महान्यायाधिवक्ता दीनमणि पोखरेलले दिएको पत्र बदर गर्न माग गरिएको रिटको सुनुवाइ फेरि हेर्दाहेर्दैमा परेको हो।
रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिनु भनेको शुक्रबार समय अभावका कारण अर्को दिनलाई सुनुवाइ सर्नु हो। तर गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेल विरुद्धको रिट हेर्दाहेर्दै राखिएको भन्दै अर्को सुनुवाइ असार १६ गतेसम्मलाई सारिएको छ।
गृहमन्त्री लामिछाने रिट न्यायाधीश सपना प्रधान र सारंगा सुवेदीको इजलासले शुक्रबार दिनभर बहस सुन्दा पनि नसकिएपछि अर्को सुनुवाइ असार १६ गतेलाई सारेको हो ।
यस रिटमा शुक्रबार दिनभरि रिट निवेदक र महान्याधिवक्ता कार्यालयका वकिलहरूले बहस गरेका छन् अब लामिछानेका वकिलहरूको बहस हुन बाँकी रहेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभएको छ । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन