
काठमाडौँ । सत्ता र प्रतिपक्षमा रहेका अधिकाँश शीर्ष नेताहरुले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घण्टी बजाउनुभएको छ । शीर्ष नेताहरुले रास्वपाको चियापान समारोहमा सहभागी भएर त्यहाँ राखिएको ठूलो घण्टी बजाउनुभएको हो ।
रास्वपाले पार्टी स्थापनाको दोस्रो वर्षगाँठका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय चस्मतिमा चियापान गरेको हो । चियापानमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुभएको छ ।
पूवप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि चियापानमा सरामोहमा पुगेर घण्टी बजाउनु भयो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत नेताहरू सहभागी हुनुभएको छ । चियापानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेता सहभागी भएर घण्टी बनाउनुभयो ।
चियापानमा सबै क्रियाशील राजनीतिक दल, संघीय सांसद, सुरक्षा अंगका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगलाई आमन्त्रण गरिएको पार्टीकी केन्द्रीय सदस्य समेत रहनुभएकी सचेतक निशा डाँगीले जानकारी दिनुभएको छ ।
दिउँसो १ देखि बेलुकी ६ बजेसम्म चलेको चियापनमा आमन्त्रण गरिएका अधिकाँश सहभागी भएका थिए । रास्वपा २०७९ असार ७ गते गठन भएको थियो। निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको हो।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर २, ६, ७, ८, चितवनको क्षेत्र नम्बर १ र २ जितेको रास्वपा समानुपातिकमा १४ सिटसहित २० स्थान र २०८० वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट थप एक सिट ल्याएर चौथो शक्ति बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन