+

नेपालको ऋण २४ खर्ब नाघ्यो

काठमाडौँ । नेपालको कूल सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघेको छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण  ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ  १२ खर्ब  ७ अर्ब ८६ करोड रुपैयाँ बराबर रहेको छ । 

चालु आवको शुरुवात अर्थात् २०८० असार मसान्तमा कुल सार्वजनिक ऋण  २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो । चालु आवको ११ महिनामा मात्र  एक खर्ब ९९ करोड बराबर ऋण थपिएको हो । हालसम्मको कूल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४९ दशमलव ६८ र बाह्य ऋणको हिस्सा ५० दशमलव ३२ प्रतिशत छ । 

बाह्य ऋणतर्फ बहुपक्षिण ऋणदातालाई  १० खर्ब ७१ अर्ब ११ करोड र द्विपक्षीय ऋणदातालाई १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँ बराबर तिर्न बाँकी छ । आन्तरिक ऋणतर्फ विकास बण्डको दायित्व सबैभन्दा बढी ७ खर्ब ६४ अर्ब ९४ करोड रुपैयाँ बराबर छ । हालसम्मको ट्रेजरी बिलको दायित्व  चार खर्ब १२ अर्ब ६९ करोड, नागरिक बचतपत्रको दायित्व  १० अर्ब ७५ करोड, वैदेशिक रोजगारी बचतपत्रको दायित्व १७ करोड र आईएमएफ बण्डको दायित्व ३ अर्ब ९१ करोड रुपैयाँ बराबर छ ।

चालु आर्थिक वर्षका लागि सरकारले कूल ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ बराबर ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये आन्तरिक ऋण २ खर्ब ४० अर्ब र बाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ  उठाउने लक्ष्य थियो । गत वैशाख मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ २ खर्ब २५ अर्ब र बाह्यतर्फ  ८२ अर्ब ६७ करोड रुपैयाँ बराबर ऋण उठाइसकेको छ । 
वार्षिक लक्ष्यका आधारमा हालसम्मको कुल ऋण प्राप्ति ६७ दशमलव ९६ प्रतिशत बराबर हो । आन्तरिक तर्फ वार्षिक लक्ष्यको ९३ दशमलव ७५ र बाह्य तर्फ वार्षिक लक्ष्यको ३८ दशमलव ८६ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

चालु आवभित्र उठाइसक्ने लक्ष्य लिइएको ऋणमध्ये वैशाख मसान्तसम्ममा आन्तरिकतर्फ  १५ अर्ब र बाह्यतर्फ एक खर्ब ३० अर्ब ७ करोड गरी कूल  एक खर्ब ४५ अर्ब रुपैयाँ बराबर उठ्न बाँकी रहेको कार्यालयका प्रमुख दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

चालु आवमा सरकारी ऋणको साँवा तिर्न २ खर्ब २५ अर्ब १७ करोड र ब्याज तिर्न १ खर्ब पाँच अर्ब ३८ करोड रुपैयाँ बराबर विनियोजन भएको थियो । जसमध्ये चालु आवको १० महिनामा साँवातर्फ १ खर्ब ९७ अर्ब ३२ करोड अर्थात् विनियोजित बजेटको ८७ दशमलव ८३ प्रतिशत र बाह्यतर्फ  ३१ अर्ब ५२ करोड रुपैयाँ अर्थात् ७० दशमलव  प्रतिशत बराबर भुक्तानी भइसकेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको गत वैशाख मसान्तसम्म तिरिएको सार्वजनिक ऋणको साँवा ब्याजमध्ये आन्तरिकतर्फको भुक्तानी २ खर्ब २७ अर्ब २० करोड र बाह्य ऋणको साँवा ब्याजमा  ४३ अर्ब ९९ करोड रुपैयाँ बराबर खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट