
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’राखिएको छ । क्रिकेटर लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा बलात्कार सम्बन्धी मुद्दा चलिरहेको छ । मुद्दामा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि शुक्रबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको हो ।
लामिछानेविरुद्धको मुद्धामा न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा पुस ८ गतेदेखि सुनुवाइपछि बहस थालिएको हो । यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँ अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश समेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो