
बाँके । बाँकेमा बुधबार राति आएको हुरीबतासले विद्युत्को पोलमा क्षति पुर्याउँदा केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ ।
जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुर लगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिनुभएको छ । उहाँले राप्तीसोनारीको जङ्गलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताउनुभयो ।
प्रमुख लामिछानेका अनुसार कोहलपुरमा ९, डुडुवामा ९, खजुरामा ८ र राप्तीसोनारीमा ५ गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन् । अझै कहाँ–कहाँ कति ढलेका छन्, विस्तृत विवरण आएको छैन’ उहाँले भन्नुभयो ।कोहलपुरको पिप्रहवामा ढलेको रुख व्यवस्थापन गरेर नेपालगञ्ज बजारमा विद्युत् आपूर्ति गरिने जानकारी दिँदै काम भइरहेकाले धैर्य गर्न स्थानीयलाई आग्रह गर्नुभयो ।
पर्खाल भत्केर एकको मृत्यु
बाँकेको कोहलपुर–१४ स्थित हवल्दारपुरमा हुरीबतासका कारण पर्खाल भत्केर १ जनाको मृत्यु भएको छ । कोहलपुर–१४ वीरगञ्जका मीना खातुनको मृत्यु भएको बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभएको छ ।
खातुनले स्थानीय राम्रो इन्टरप्राइजेज लगायतमा काम गर्ने गरेको प्रहरीको भनाइ छ । हुरीबतासका कारण जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर १ खडैचामा आगलागी हुँदा ३४ खरले छाएका घर जलेका छन् । घरमा रहेका अन्नपात समेत जलेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन