
चितवन । दर्जनभन्दा बढी सहकारी ठगी गरेर फरार भएका गितेन्द्रबाबु(जीबी) राई मलेसियामा बसिरहेको खुलासा भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जीबी राई मलेसियामा भएको पत्ता लागेको बताउनुभएको छ । श्री एयरलाइन्सको परीक्षण उडानका लागि आज भरतपुर आउनुभएका गृहमन्त्री लामिछानेले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै राई बसेको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउनेबारे छलफल भइरह्ेको बताउनुभएको हो ।
राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको गृहमन्त्री लामिछानेको भनाई छ । ‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो’ उहाँले भन्नुभयो ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ ।’
राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गर्नुभएको थियो । सहकारी ठगी प्रकरणमा राईसँगै लामिछानेको पनि संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ ।
फरक प्रसङ्गमा गृहन्त्री लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले शुरुवातदेखि नै राम्रो काम गर्न सकिएन भने सत्तामा टाँसिएर बस्न हुँदैन भन्दै आएका छौँ ।’
गृहमन्त्री लामिछानेले आफ्ना पार्टीका मन्त्रीहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र राजीनामा पत्र त्यो हुटहुटीको प्रतिबिम्ब भएको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक फेर्ने कुरामा सत्यता नभएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन