
काठमाडौँ । भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवसको १०औँ संस्करण मनाउन पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शनको आयोजना गरेको छ ।
स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यास प्रवर्द्धन गर्ने हेतुले योग प्रदर्शन आयोजना गरिएको दूतावासले जनाएको छ । आज आयोजित योग प्रदर्शनमा स्थानीय प्रशासन प्रमूख, विभिन्न योग संस्थाका सदस्य, भारतीय सेनाका अवकाशप्राप्त गोर्खा सैनिक, पोखरास्थित दूतावासको पेन्सन भुक्तानी कार्यालयका कर्मचारी र स्थानीय समुदायको सहभागिता रहेको थियो ।
विभिन्न आसन, प्राणायाम (श्वासप्रश्वास व्यायाम) र ध्यान विधि प्रस्तुत गरिएको सो प्रदर्शनमा प्रशिक्षकले योगसत्रको शृङ्खला बिहानदेखि शुरु गर्नुभएको थियो । शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिँदै सहभागीलाई यसका फाइदाबारे जानकारी गराइएको थियो । भारतीय राजदूतावासले पोखरा विश्वविद्यालयसँगको सहकार्यमा आयुर्वेदिक अभ्यासकर्तासँग मिलेर योग प्रदर्शन र स्वास्थ्य परामर्शको पनि आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा प्रेमनारायण अर्याल प्रमुख अतिथिका रुपमा सहभागिता हुनुभएको थियो । उहाँले कार्यक्रमको आयोजना गरेकामा भारतीय राजदूतावासलाई धन्यवाद दिनुभयो । विचारशील र स्वस्थ जीवनका लागि योगले पु(याउने फाइदाबारे बुझ्नुपर्ने उहाँको भनाइ छ ।
योग प्रशिक्षकले योगका फाइदा र दैनिक जीवनमा यसको व्यावहारिक उपयोगिताबारे व्याख्या गर्नुभएको थियो । आयुर्वेद र योगलाई दैनिक जीवनमा समावेश गर्नेबारे जानकारी दिएका आयुर्वेदविज्ञका परामर्शबाट पोखरा विश्वविद्यालयका विद्यार्थी लाभान्वित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन