
काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरुले बाढीपहिरोबाट देशभर जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद भीमप्रसाद आचार्यले पछिल्लो समयमा देशका विभिन्न ठाउँमा भएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
उहाँले विगतमा खडेरीका कारण देशभरका किसान आहत भएका उल्लेख गर्दै केही दिनदेखि बाढीपहिरोका कारण नागरिकले दुःख पाएको भन्दै पीडितलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद मनबहादुर गुरुङले २०५४ सालमा मन्त्रिपरिषद्ले कास्कीमा रहेका तालहरुको संरक्षण गर्ने भने पनि सरकारले संरक्षणको कुनै योजना ल्याउन नसकेको बताउनुभयो । सरकारले सिङ्गो कास्कीलाई नै उपेक्षा गर्नेगरी बजेट ल्याएको उहाँको गुनासो छ ।
सांसद मनिष झाले जनकपुरमा गुठीको जग्गा हिनामिना गर्नेमाथि कारवाही गर्न माग गर्नुभयो । सांसद महेश बस्नेतले इलामका चियाखेती गर्ने किसानले समयमै मल पाउन नसकेका कारण करोडौँ रुपैयाँको क्षति ब्यहोर्नु परेको बताउनुभयो । उहाँले इलामका चिया किसानलाई तत्काल मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद माधव सापकोटाले किसानले दूधको भुक्तानी बाँकी रहेको समस्या दिगो समाधान गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सिन्धुपाल्चोकका सहकारीको ३ करोड रुपैयाँ सम्मको बक्यौता रहेको पाइएको उल्लेख गर्नुभयो ।
.सांसद मेनकाकुमारी पोख्रेलले सेना र प्रहरीका जवानलाई मनोविमर्शसम्बन्धी तालिम दिनुपर्नेमा जोड दिनुभयो । विद्यालयस्तरको पाठ्यक्रममा मनोपरामर्शसम्बन्धी विषय समावेश गर्नुपर्ने उहाँको भनाइ छ ।
सांसद मैना कार्कीले लाभग्राहीको घरघर र टोलटोलमा गएर राष्ट्रिय परिचयपत्र वितरण गर्न माग गर्नुभयो । सांसद रणकुमारी बलमपाकी मगरले सिन्धुलीस्थित बिपीमार्गका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
.सांसद मङ्गलप्रसाद गुप्ताले रोजगारीमूलक व्यावहारिक शिक्षामा जोड दिँदै नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रघुजी पन्तले भारतसँग जोडिएका खुला सिमानालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद रञ्जुकुमारी झाले बाढीपहिरोको रोकथामका लागि सरकारले पूर्व तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले गर्मी र वर्षाका कारणले देशभर डेङ्गु फैलिएको भन्दै त्यसको नियन्त्रणका लागि पहल गर्न माग गर्नुभयो ।
सांसदहरु रमा कोइराला पौड्याल, रणेन्द्र बराली, राजेन्द्रकुमार केसी, राजेन्द्र बजगाई, रामकुमार राई, रामकृष्ण यादव, रामनाथ अधिकारी, रामहरि खतिवडा, रेखा यादव, रोशन कार्की, लालप्रसाद साँवालिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाल, बिजुला रायमाझी, लक्ष्मी तिवारी, रुपाशशी चौधरी, रुक्मिणि राना बराइलीलगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन