
सिन्धुली । पहिरोले आज बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
लेदो र खसेको पहिरोले अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको र दुवैतर्फी सुचारु गर्ने प्रयास भइरहेको सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभएको छ ।
फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका–१ कुडुले र गोलन्जोर –६ अक्करेभिरमा लगायत क्षेत्रमा सडक अवरुद्ध भएको थियो । पालिकाको सहयोगमा जेसिभीले पहिरो पन्छाउने कार्य भइरहेको छ ।
मंगलबार राति परेको वर्षाका कारण खसेको पहिरो र लेदोले सडक अवरुद्ध भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन