
काठमाडौँ । संसद भवनभित्रै प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिएका छन् ।
संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका जवान दोलखाका अजित गोले मृत अवस्थामा भेटिएका हुन् । प्रहरी जवान गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
‘शौचालयतिर गोली चलेको आवाज सुनेपछि गएर हेर्दा अन द स्पट डेथ भएको पाइयो,’ प्रवक्ता कार्कीले भन्नुभयो ‘उनका साथीहरुसँग घटना हुनुभन्दा अगाडिको अवस्थाबारे बुझ्ने काम भइरहेको छ ।’ गोलेको शवलाई सिभिल अस्पतालमा पठाइएको छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने गोलेले गोली हानेर आत्महत्या गरेको बताउनु भएको छ । गोले दोलखाको मेलुङ गाउँपालिका ४ का बासिन्दा हुन् । गोले नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।
काठमाडौँँ प्रहरीका एसपी नवराज अधिकारीका अनुसार आज बिहान उनको ड्युटी ६ बजेदेखि बिहान १० बजेसम्म थियो । उनले करिब ८ बजेतिर आफूले बोकेको इन्सास राइफलले निधारमा गोली हानेका हानेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन