
काठमाडौँ । अमेरिकी पत्रकार इभान गेर्शकोभिचविरूद्ध रूसमा जासुसीको आरोपमा जुन २६ देखि सुनुवाइ सुरु हुने युराल्स शहरस्थित येकातेरिनबर्गको एक अदालतले सोमबार जनाएको छ ।
सुनुवाई ‘पहिलो सुनुवाइ’ सन् २०२४ को जुन २६ का लागि तय गरिएको सेभर्ड्लोभ्स्क क्षेत्रीय अदालतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘वाल स्ट्रिट जर्नल’का रिपोर्टरलाई मार्च २०२३ मा येकातेरिनबर्गमा रिपोर्टिङ लागि रूसमा रहेका समय गिरफ्तार गरिएको थियो र त्यसपछि उनलाई मस्कोको लेफोर्टोभो जेलमा राखिएको थियो ।
गत साता रूसी महान्यायाधिवक्ताले उनीमाथि सिआइएका लागि काम गरेको र सेभर्ड्लोभ्स्क क्षेत्रमा ट्यांक निर्माता युराल्भागोन्जाभोडको बारेमा गोप्य सूचना सङ्कलन गरेको आरोप लगाएका थिए ।
संयुक्त राज्य अमेरिकाले आरोपहरूको ‘शून्य विश्वसनीयता’ भएको बताएको छ । वाल स्ट्रिट जर्नलले रूसको घोषणालाई ‘अपमानजनक“ भन्दै आलोचना गरेको छ ।
जर्नलकी मुख्य सम्पादक एम्मा टकर र उच्च अधिकारीहरूले एक विज्ञप्तिमा भनेका छन्– ‘इभान गेर्शकोभिचले झूटो र आधारहीन आरोपको सामना गर्नुपरेको छ । रूसको पछिल्लो कदम रूस अमेरिकाबीचको प्रतिद्वन्द्विताका कारण अपेक्षित भए पनि निकै निराशाजनक र अपमानजनक छ ।
मस्कोले यसअघि गेर्शकोभिचविरुद्धको मुद्दाको कुनै पनि सार्वजनिक विवरण उपलब्ध गराएको थिएन र उनी ‘रङ्गेहात पक्राउ परेको’ बताएको थियो ।
गेर्सकोभिच सोभियत कालपछि रुसमा जासुसी गरेको आरोपमा पक्राउ पर्ने पहिलो पश्चिमा पत्रकार बनेका छन् ।
दोषी ठहरिएमा ३२ वर्षीय गेर्सकोभिचलाई २० वर्षको जेल सजाय हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन