
काठमाडौंँ । राष्ट्रियसभा निर्वाचनसँगै पार्टीका आन्तरिक विषयमा छलफल गर्न संसदको ठूलो दल नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आज बस्दैछ ।
केन्द्रीय समिति बैठक दिउँसो १ बजेदेखि पार्टी मुद्ययालय सानेपामा हुने कांग्रेसले जनाएको छ । १९ सांसदको लागि माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले ९ सिट जित्ने दाबी गरेको छ । कांग्रेसले सत्ता गठबन्धनमा पनि कांग्रेसले त्यही अनुसारको भागबण्डा खोजेको छ ।
कांग्रेसले राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गर्न प्रदेश कार्यसमितिलाई एक साताअघि नै सम्भावित उम्मेदवारको नाम पठाउन निर्देशन दिएको थियो । केन्द्रको निर्देशन अनुसार प्रदेश कार्यसमितिले सम्भावित उम्मेदवारको नाम पठाइसकेका छन् । आजको केन्द्रीय समिति बैठकमा प्रदेशले पठाएका सम्भावित उम्मेदवारबारे छलफल हुने नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो