
काठमाडौँ । ‘सरकारको कार्यशैली बदल्ने र आफू अब बाहिरका कार्यक्रममा नहिड्ने’ भनेका प्रधानमन्त्री भनाईको २४ घण्टा नपुग्दै गोरखाको नेकपा माओवादी केन्द्र वडा कमिटी बैठकमा समेत सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै सरकारको कार्यशैली बदलिने बताउनुभएको थियो । ‘अब सरकारको कार्यशैली बदलिनेछ, केही पूर्व निर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा पुगेको छु’ सम्बोधनमा उहाँले भन्नुभएको थियो । प्रधानमन्त्रीले आफ्नो प्रतिवद्धता २४ घण्टा नपुग्दै तोड्नु भएको छ ।
आफ्नो प्रतिवद्धता विपरीत प्रधानमन्त्ती बुधबार माओवादी केन्द्र बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ कमिटीको बैठकमा समेत सहभागी हुनुभएको छ । प्रधानमन्त्रीले वडा कमिटी बैठकलाई सम्बोधन गर्दै मुलुकमा जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र हुन थालेको बताउनु भयो । ‘जनतालाई निराश हुनबाट तपाई हामी सबैले बचाउनुपर्छ’ उहाँले भन्नुभयो– ‘‘एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र कुरा गर्ने तथा जनतालाई निराश पार्ने षड्यन्त्र गरिरहेका छन् ।’
प्रधानमन्त्रीले गणतन्त्र विराधी गतिविधि रोक्न जनतालाई सम्झाउनु बुझाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्रीले जनताले परिवर्तनको अनुभूति गर्नेगरी आगामी आर्थिक वर्षमा नयाँ ढङ्गले सरकारले बजेट ल्याउने गरी अहिलेदेखि नै तयारी थालिसकेको जानकारी गराउनुभएको छ । ‘परम्परागत रुपमा फागुनदेखि बजेटका विषयमा छलफल गर्ने र जेठमा टुङ्ग्याउने परिपाटीको अव अन्त्य हुन्छ’ उहाँले भन्नुभयो ‘‘‘यस वर्ष सरकारले फागुनसम्ममा जनताले परिवर्तनको महशुस हुने गरी नयाँ ढङ्गले बजेटको टुङ्गो लगाइसक्छ ।’
प्रधानमन्त्रीले फरक प्रसङ्गमा वर्तमान सरकार र गठबन्धन अहिले झनै बलियो भएको उल्लेख गर्नुभयो । ‘अहिले गठबन्धन पाँचै वर्षसम्म जान्छ, तपाईहरु ढुक्क हुनुस्’ उहाँले भन्नुभयो– ‘कसैले कमजोर पार्ने प्रयास गरेपनि त्यो सफल हुदैँन, पाँचै वर्षसम्म सरकारमा हाम्रो बलियो उपस्थिति हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा