
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा खेलकुद क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गर्ने बताउनुभएको छ ।
गोजुरियो कराते दो सङ्घ सुदूरपश्चिमद्वारा आज धनगढीमा आयोजित मुख्यमन्त्री कप १०औँ इण्डो नेपाल च्याम्पियनसिपको उद्घाटन गर्दै मुख्यमन्त्री सोडारीले पूर्वाधार अभावमा खेलाडीलाई समस्या भएकाले प्रदेश सरकारले भौतिक संरचना निर्माणमा ध्यान दिएर आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो । उहाँले सुदूरपश्चिम राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका थुप्रै खेलाडी उत्पादन गर्ने ठाउँ भएकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री सोडारीले भन्नुभयो– ‘खेलकुद क्षेत्रमा सुदूरपश्चिम प्रदेशले फड्को मार्दै गएको छ । त्यसैले प्रदेश सरकारले बजेटमा खेलकुदलाई प्राथमिकतामा राख्ने छ ।’ उहाँले प्रदेश सरकारको बजेट सीमित भए पनि खेलाडीको हौसला बढाउने किसिमले बजेट विनियोजन गरिने बताउनुभयो । सुदूरपश्चिम प्रदेशलाई खेलकुदको हब बनाउन तीनै तहका सरकारले विशेष चासो राख्नुपर्ने मुख्यमन्त्री सोडारीले बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छिमेकी मुलुक भारत तथा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका खेलाडी सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै