
काठमाडौँ । एनसिसी एस महिला तथा पुरुष ट्वान्टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत महिलातर्फको खेलमा काठमाडौँ ललितपुरलाई पराजित गर्दै विजयी भएको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँ ललितपुरलाई ३१ रनले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९९ रनमा समेटियो । ललितपुरका लागि याशु पाण्डेले सर्वाधिक ३५ रनको योगदान दिइन भने रेखा तामाङले अविजित १६ रन बनाइन् । त्यस्तै साविका यादवले १६ रन बनाइन् ।
काठमाडौँका लागि संस्कृति फुयाल, विपिशा शाही र एली यादवले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौँले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ३० रनको योगफल बनाएको थियो । काठमाडौँका लागि अस्मिता खरेलले सर्वाधिक ३७ रनको योगदान दिइन् ।
यसैगरी कञ्चन श्रेष्ठले ३६ तथा एली यादवले अविजित १८ रन बनाइन् । ललितपुरका लागि मनिषा उपाध्याय र सम्भाव्या ढकालले समान एक/एक विकेट लिए । मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा भोलि भक्तपुर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै