
काठमाडौँ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ऐनकानुन मापनका सन्दर्भमा बालबालिकाको सम्मानजनक सहभागिताको विषयमा भएको व्यवस्था र कार्यान्वयनको अवस्थाबारे अध्ययन अघि बढाउने निर्णय गरेको छ ।
बालबालिकासम्बन्धी ऐन मौलिक हकसँग गाँसिएकाले उनीहरुको सम्मानजनक सहभागिताका सम्बन्धमा ऐनमा भएको प्रावधान र कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न लागिएको समितिका सभापति जयन्ती राईले बताउनुभएको छ ।
समितिका सदस्य डा बेदुराम भुषालले बनेका कानुनबाट नागरिकमा सकारात्मक वा नकारात्मक के कस्तो असर परेको छ ? भन्नेबारे समीक्षा र विश्लेषण गर्ने अधिकार समितिको क्षेत्रभित्र रहेको बताउनुभयो । विभिन्न समयमा विभिन्न किसिमका कानुन कार्यान्वयनको समीक्षा समितिले गर्दैआएको बताउँदै उहाँले यसको शुरु विधायन व्यवस्थापन समितिले गरेको जानकारी दिनुभएको छ ।
मापन (अडिट) गरिएका कानुन अध्ययनको नतिजाका आधारमा सरकारलाई सुझाव दिने कानुनी व्यवस्था छ । सुझाव प्रतिवेदनका आधारमा सरकारले काम नगरेको पनि समितिले निरीक्षण तथा मूल्याङ्कन गर्नेछ ।
बालबालिकासम्बन्धी ऐनको अवस्था मापनलाई अघि बढाइने समितिले निर्णय गरेको समितिका सदस्य भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार ऐन अध्ययन गर्न एउटा पद्धति निर्माण गरी मस्यौदा तयार पारेर त्यसका आधारमा काम अघि बढाउने सहमति बैठकमा भएको छ ।
यसअघि समितिले सामाजिक व्यवहार सुधारसम्बन्धी ऐन, सङ्क्रमण रोगसम्बन्धी ऐन, खरिदसम्बन्धी ऐन, भूमिसम्बन्धी ऐन, खाद्य अधिकारी र खाद्य सम्प्रभुतासम्बन्धी ऐनका केही दफामा मापनका विषयमा छलफल गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै