
काठमाडौँ । मुटुको चालमा थप समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ।
उहाँको मुटमा थप समस्या आएपछि उहाँलाई काठमाडौँ लैजान चिकित्सकले सुझाव दिएका थिए। सोहीअनुसार सिरोहियालाई काठमाडौँ ल्याइएको हो।
सिरोहियाको छातीमा अत्यधिक दुखाइपछि जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौँ लैजान चिकित्सकले सिफारिस गरेका थिए। सिरोहियालाई अहिले उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएको छ।
जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार प्रहरीलाई अनुमति दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह