
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति शिखर सम्मेलनमा अमेरिकीको अनुपस्थिति पुरुसी राष्ट्रपति भ्लादिमिर टिनलाई समर्थन गरे जस्तै हुने बताउनुभएको छ ।
शान्ति शिखर सम्मेलन जुनको मध्यमा स्वीजरल्याण्डमा हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्मेलनमा आफ्नो उपस्थिती अझै पुष्टि गर्नुभएको छैन । ‘उहाँको अनुपस्थिती राष्ट्रपति पुटिनको समर्थनमा टाउको निहुँराएर ताली बजाउनु जस्तै हुनेछ । शान्ति शिखर सम्मेलनलाई राष्ट्रपति बाइडेनको आवश्यकता छ, र अमेरिकी प्रतिक्रिया कुरीरहेका अन्य नेतालाई पनि उहाँको आवश्यकता छ’ जेलेन्स्कीले ब्रसेल्स भ्रमणको क्रममा भन्नुभयो ।
जेलेन्स्कीले विश्वका दर्जनौँ नेताले शिखर सम्मेलनमा भाग लिने बताउनुभएको छ । उहाँले मङ्गलबार यस सम्मेलनमा सहभागी जनाउनु बा नजनाउनु युक्रेनमा शान्ति वा युद्ध चाहनु बीचको छनोट भएको बताउनुभयो ।
जेलेन्स्कीले मस्कोको सहभागितालाई अस्वीकार गर्दै पुटिनले शिखर सम्मेलनलाई विफल बनाउन खोजेको आरोप लगाउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह