
झापा । झापाका गर्भवती तथा सुत्केरीका लागि कोशी प्रदेश सरकारले पौष्टिक पिठो उपलब्ध गराएको छ ।
तीन महिनाकी गर्भवतीदेखि दुई वर्षसम्मको सुत्केरीका लागि प्रदेश सरकारले झापाका लागि ३० हजार नौ सय २० किलो पौष्टिक पिठो उपलब्ध गराएको हो ।
स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार आमा र शिशुलाई आवश्यक पौष्टिकतत्व पूर्ति गरी उनीहरूको स्वास्थ्यमा सुधार ल्याउन प्रदेश सरकारले कार्यक्रम ल्याएको हो । उहाँले भन्नुभयो– ‘आर्थिक अवस्था कमजोर भएका गर्भवती र सुत्केरीलाई यसबाट बढी फाइदा पुग्नेछ ।’
झापाका १५ वटै स्थानीय तहलाई पौष्टिक पिठो निःशुल्क वितरणका लागि उपलब्ध गराइएको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताउनुभयो । पहिलो चरणमा मेचीनगरमा एक हजार आठ सय किलो, बुद्धशान्तिमा एक हजार किलो, अर्जुनधारामा एक हजार चार सय किलो, कनकाईमा सात सय किलो, शिवसताक्षीमा एक हजार दुई सय किलो, दमकमा एक हजार ६ सय किलो तथा कमलमा एक हजार किलो पौष्टिक पिठो उपलब्ध गराएको छ ।
दमकमा एक हजार ६ सय किलो, गौरादहमा एक हजार दुई सय किलो, गौरीगञ्जमा एक हजार किलो, झापा गाउँपालिकामा ९ सय किलो, बाह्रदशीमा ९ सय किलो, बिर्तामोडमा एक हजार दुई सय किलो, हल्दिबारीमा एक हजार किलो, भद्रपुरमा एक हजार दुई सय किलो तथा कचनकवलमा ९ सय किलो पिठो पठाएको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताउनुभयो । सम्बन्धित पालिकाले पिठो स्वास्थ्य संस्थाबाट लक्षित वर्गलाई निःशुल्क वितरण गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह