
काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ । क्यानडाले नेपाललाई ६३ रनले हराएको हो ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रङ्गशालमा सोमबार भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । क्यानडाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनायो । जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको नेपालको पारी १९.३ ओभरमा १ सय २० रनमा समेटियो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले ३० बल खेल्दै दुई चौका र दुई छक्का हाने । यस्तै अनिल साहले १६ बलमा २४, आसिफ शेखले २२ बलमा २२ तथा कुशल भुर्तेलले १६ बलमा १० रन बनाए ।
बलिङतर्फ क्यानडाका लागि डिलन हेलिगरले चार, साद बिन जाफर र जेरेमी गोर्डनले दुई दुई तथा कलिम साना र परगत सिंहले एक एक विकेट लिए ।
यसअघि क्यानडाका लागि ब्याटिङ गर्ने क्रममा निकोलस किर्तनले अर्धशतकीय पारी खेले । उनले ३९ बल खेल्दै चार चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाए । यस्तै रवीन्द्रपाल सिंहले १७ बलमा ४१ रन बनाए । उनले एक चौका र चार छक्का प्रहार गरे । नवनित धालिवालले २७ बलमा ३२, डिलन हेलिगरले १३ तथा परगत सिंहले १३ रन बनाए ।
बलिङतर्फ नेपालका लागि अविनाश बोहराले दुई तथा करन केसी, सागर ढकाल, सोमपाल कामी र गुल्सन झाले एक एक विकेट लिए ।
नेपालले दोस्रो अभ्यास खेल यही जेठ १७ गते अमेरिकासँग खेल्ने छ । जेठ १९ गतेदेखि सुरु हुने आइसिसी टी–२० विश्वकपका नेपालले पहिलो खेल जेठ २३ गते नेदरल्याण्डस्सँग खेल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै