
काठमाडौँ । मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखाको साम्दोमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ ।
सशस्त्र प्रहरी नंम्बर २९ गुल्म गोरखाको मातहत रहने गरी चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा आइतबार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।
बिओपी गोरखा सदरमुकामबाट करिब एक सय ६४ किलोमिटर उत्तरतर्फ रहेको छ । समुद्री सतहतबाट करिब तीन हजार आठ सय ७५ मिटरको उचाइमा स्थापना भएको बिओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सिमानामा रुइला नाका रहेको छ ।
नेपाल र चीन सीमा इलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटना, हिमपात, हिमपहिरोमा परेका नागरिकको उद्धार, अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने आपराधिक तथा अवाञ्छित क्रियाकलाप न्यूनीकरण, नियमित सीमास्तम्भ तथा सीमा इलाकाको निगरानी लगायत कार्य गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि सशस्त्र प्रहरीले चीनतर्फ दार्चुलाको तिङ्कर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, सङ्खुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङ्गोलासहित नौ स्थानमा बिओपी स्थापना गरिसकेको छ ।
सशस्त्र प्रहरीले भारतको सिमानातर्फ दुई सय ४४ र चीनको सिमानातर्फ १० गरी सीमा क्षेत्रमा कूल दुई सय ५४ बिओपीको स्थापना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा