
बागलुङ । दक्षिण बागलुङको ग्रामीण क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोड्न निर्माण गरिएको सडक स्तरोन्नति गर्न थालिएको छ ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरदेखि जैमिनी नगरपालिकाको बिनामारे, रिठेडाँडा, व्यार्थलालगायत जर्दनौँ गाउँसम्म जोड्ने गरी १३ वर्ष अगाडि निर्माण गरिएको सडक स्तरोन्नति गर्न थालिएको छ । नगरपालिकाले गत वर्षदेखि नै यो सडक स्तरोन्नति गर्न थालेको हो । गाउँको सडक स्तरोन्नति हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।
हिउँदमा हिलो र बर्खामा धुलोका कारण यातायातका साधन नियमित गुड्न सक्दैन्थे । नगरपालिकाले स्तरोन्नति गर्न थालेपछि नियमित गाडी सञ्चालन हुनेमा स्थानीय विश्वस्त बनेका छन् । आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले विनियोजन गरेको १० लाख रुपैयाँबाट करिडोरसँग जोडिएको खण्ड स्तरोन्नति गरिएको र यस वर्ष त्यसभन्दा माथिल्लो क्षेत्रमा काम गरिरहेको वडा नम्बर ५ का अध्यक्ष ठगबहादुर थापाले जानकारी दिनुभयो ।
यस वर्ष नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको हुँदा उक्त रकमबाट सडक फराकिलो बनाउने, नाली निर्माण र अप्ठ्यारो स्थानमा ढलान गर्न थालिएको उहाँको भनाइ छ । करिडोरदेखि पर्यटकीय क्षेत्र हाँडीकोटसम्म जोडिएको त्यो सडक करिब १६ किमी रहेको हुँदा वर्षेनी नगरपालिकाले बजेट व्यवस्थापन गरी काम गर्दै आएको अध्यक्ष थापा बताउनुहुनछ ।
करिडोर खण्ड निरिङ्गे, बिनामारे, रिठेडाँडा, व्यार्थला हुँदै हाँडीकोटको जोडिएको यस सडक बजेट अभावमा एकैपटक काम गर्न नसकिएको उहाँको भनाइ छ । केन्द्र र प्रदेश सरकारले बजेट व्यवस्थापन गरे एक/दुई वर्षमै काम गर्न सकिने थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘यो सडकको ट्र्याक खुलेको धेरै वर्षपछि अहिले बल्ल स्तरोन्नतिको काममा लागिरहेका छौँ, यो सडकले धेरै ग्रामीण क्षेत्र जोडिएको हुँदा यात्रा र सामान ढुवानीमा समस्या छ, स्तरोन्नतिपछि सहज बन्नेछ, गाउँमा उत्पादन हुने वस्तुलाई बजारीकरण गर्न पनि यो सडकले महत्वपूर्ण टेवा पुर्याउनेछ, करिडोरदेखि हाँडीकोटसम्मको सडक समयमै स्तरोन्नति गर्नसके, पर्यटक भित्र्याउन र सहज रुप हाँडीकोट पुर्याउन सकिने थियो ।’
जैमिनी–५ का स्थानीय फमबहादुर थापाले ट्र्याक खुलेको दशक वर्ष बढी हुँदा पनि सबै सडक स्तरोन्नति हुन नसक्दा हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताउनुभयो । सडक स्तरोन्नतिका लागि करोडौँ रकम लाग्ने भए पनि नगरपालिकाले सीमित बजेट विनियोजन गरेर काम गर्दै आएको उहाँको भनाइ छ । यो सडकलाई स्तरोन्नति गर्नका लागि प्रदेश र केन्द्र सरकारबाटै बजेट आउनुपर्ने थापा बताउनुहुन्छ । सडक अप्ठ्यारो हुँदा कृषिउपज वस्तु बजार पुर्याउँदा बढी भाडा तिर्नु परेको उहाँले सुनाउनुभयो । केही ठाउँमा स्तरोन्नति हुँदा थोरै भए पनि यात्रमा सहज भएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा