
काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा हिमालयन लिटरेचर फेस्टिबल शुरु भएको छ ।
न्यूयोर्क राइटर्स वर्कसप र ह्वाइट लोटस बुक सप ललितपुरको आयोजनामा ठमेलस्थित काठमाडौँ गेस्ट हाउसमा २ दिने साहित्य महोत्सव शुरु भएको हो । महोत्सवको आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि बेलायतका राजदूत रब फेनले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा मन्त्री चौधरीले फेस्टिबलले नेपाली साहित्यलाई विश्व साहित्यमाझ जोड्नका लागि पुलकारुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताउनुभयो । ‘फेस्टिबलमा नेपालका वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार गोपालप्रसाद रिमालमाथि विचार विमर्श हुनु नेपाली साहित्य जगत्का लागि उपलब्धिमूलक हो’ उहाँले भन्नुभयो ।
मन्त्री चौधरीले साहित्यमार्फत विश्वको वातावरण संरक्षण, जलवायु परिवर्तन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका समस्या, पर्यटन प्रवर्द्धनलगायत विषय उजागर गर्न साहित्यकारलाई आग्रह गर्नुभयो ।
नेपालका लागि बेलायती राजदूत फेनले विश्व साहित्यलाई नेपाली साहित्यमाझ जोड्नका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । उहाँले कार्यक्रममा आफ्नो कवितासमेत वाचन गरेर सुनाउनुभएको थियो ।
मङ्गलबारसम्म सञ्चालन हुने उक्त फेस्टिबलमा नेपाल र अन्तर्राष्ट्रिय साहित्य लेखनका क्षेत्रमा समूहगत छलफल, कविता वाचन, पुस्तक विमोचन, नाटक मञ्चन लगायत कार्यक्रम हुने ह्वाइट लोटस बुक सपका संस्थापक युयुत्सु आरडी शर्माले जानकारी दिनुभयो । उक्त कार्यक्रम छुट्टाछुट्टै तीन क्षेत्रमा बाँडेर सञ्चालन हुनेछन् ।
त्यस अवसरमा साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लिखित ‘चमेरो ः कोरोना कविता’ विमोचन हुने आयोजकले जनाएको छ । फेस्टिबेलमा नेपाल, पानामा, ग्रीस, बेलायत, अमेरिका, हङ्कङ, भारत, फिलिपिन्स, दक्षिण अफ्रिकालगायत देशबाट आएका लेखक तथा कविले आफ्नो सिर्जना प्रस्तुत गर्नुहुनेछ । महोत्सवमा पाँच महादेशका ३५ भन्दा बढी लेखकको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा