
पर्सा । औद्योगिक नगरी बारा र पर्सामा विद्युत्को माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ ।
बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक तीन सय मेगावाट विजुलीको माग भए पनि अहिले दुई सय मेगावाटको हाराहारीमा मात्रै विद्युत् आपूर्ति हुँदै आएको छ । त्यसैले बेला बखतमा यहाँ विद्युत् झयाप्प–झ्याप्प जाने समस्या देखिएको हो ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अवधेशकुमार दुबे विद्युतको माग र आपूर्तिबीच सन्तुलन नहुँदा बेला बखत ट्रिपिङ हुने समस्या रहेको बताउनुहुन्छ । ‘बारा–पर्सा औद्योगिक कोरिडोरमा तीन सय मेगावाट विद्युतको माग छ’, उहाँले भन्नुभयो– ‘रक्सौल–परवानीपुर एक सय ३२ केभीको प्रसारण लाइनबाट एक सय ४० मेगावाट विद्युत् भारतबाट आयात हुँदै आएको छ । अन्य ६० मेगावाट विद्युत् ११ केभीको प्रसारण लाइनबाट आपूर्ति हुँदै आएको छ ।’
प्रमुख दुबेले बारा–पर्साका औद्योगिक क्षेत्रलाई प्राथमिकताका साथ विद्युत् उपलब्ध गराउँदै आएको बताउनुभयो । बारा र पर्सामा अत्यधिक गर्मी बढेकाले पनि घरासयी तथा औद्योगिक क्षेत्रको विद्युत् माग अत्यधिक बढिरहेकाले पनि बेला बखतमा ट्रिपिङ हुने गरेको उहाँको भनाइ छ ।
प्रमुख दुबेका अनुसार परवानीपुर–पिलुवा एक सय ३२ केभीको डबल सर्किट लाइनको प्रसारण लाइनमध्ये एउटा लाइनको कन्डक्टर अपग्रेडको काम भइरहेको छ । ‘कन्डक्टर अपग्रेडको काम केही समयभित्रै सक्ने प्रयास भइरहेको छ । त्यसपछि वितरण लाइनमा केही सहजता आउनेछ’ उहाँले भन्नुभयो । समस्या एक महिनाभित्र समाधान हुने उहाँ बताउनुहुन्छ । वीरगञ्ज वितरण केन्द्रअन्तर्गत कूल ५६ हजार ग्राहक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा