
पोखरा । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण म्याराथन हुँदैछ । जेठ २१ गते चार हजार एक सय ३० मिटरको उचाइमा म्याराथन हुन लागेको हो ।
अन्नपूर्ण आधार शिविरबाट माछापुच्छ्रे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकसम्म कूल ४२ दशमलव १९५ किलोमिटर दूरीमा धावक दौडिने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिनुभयो । ‘पर्यटनका लागि सबै मौसम’ नाराका साथ २०७५ सालदेखि आरम्भ भएको अन्नपूर्ण म्याराथनको यो चौथो संस्करण हो । म्याराथनका माध्यमबाट अन्नपूर्ण आधार शिविरसहित यहाँको समग्र पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने उहाँले बताउनुभयो ।
‘संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबाट गत कात्तिक महिनामा अन्नपूर्ण आधार शिविरको भ्रमण हुनु, अमेरिकास्थित टाइम आउट म्यागेजिनले घान्द्रुकलाई भ्रमण गर्न लायक विश्वको सानो सुन्दर सहरको सूचीमा राख्नुु, पोखरा पर्यटकीय राजधानी हुनु लगायत हामीले विगतदेखि गर्दै आएको यही कार्यक्रमको प्रभाव र उपलब्धि हुन् भन्ने ठानेका छौँ’ संयोजक गुरुङले भन्नुभयो ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणसँगै हिमाल आरोहणको क्रम शुरु भएकाले अन्नपूर्ण हिमाललाई आरोहणको जेठो हिमालका रुपमा समेत लिइन्छ । मौरिस हर्जोगको टोलीले जुन ३ मा अन्नपूर्ण प्रथमको आरोहण गरेकै कारण यस दिनलाई अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) का रुपमा मनाउने गरिएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्षको अन्नपूर्ण म्याराथनमा अन्तर्राष्ट्रिय धावकको सहभागिता बढ्ने अपेक्षा गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका सचिव मिकास गुरुङले बताउनुुभयो । महिला तथा पुरुषतर्फ छुट्टाछुुट्टै प्रतिस्पर्धा रहने यस संस्करणका लागि नाम दर्ता गराउने क्रम जारी रहेको र हालसम्म ५० धावकले नाम दर्ता गराइसकेको उहाँले बताउनुभयो । हालसम्म नाम दर्ता गराउनेमा ४० पुरुष र १० महिला रहेका छन् । नाम दर्ता गराउनेमा चार विदेशी नागरिक समेत रहेका सचिव गुरुङले जानकारी दिनुभयो ।
म्याराथनमा सहभागी हुन महिलाका लागि पाँच हजार र पुरुषका लागि सात हजार रुपैयाँ शुल्क तोकिएको छ । महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रचारप्रसार संयोजक टङ्कराज अधिकारीले जानकारी दिनुभयो ।
यसअघि म्याराथनको पहिलो, दोस्रो र तेस्रो संस्करणको उपाधि क्रमशः त्रिभुवन आर्मीका हरिकुमार रिमाल, डोटीका खगेन्द्रबहादुर भाट र जुम्लाका धीरबहादुर बुढाले जितेका थिए । तेस्रो संस्करणदेखि म्याराथनमा महिलालाई सहभागी गराइएको हो । महिला म्याराथनको उपाधि गणना भण्डारीले जित्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री