
काठमाडौँ । आइसिसी टी २० विश्वकपको तयारीका लागि अमेरिकामा रहेको नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्सविरुद्ध पहिलो अभ्यास खेलमा ६ विकेटको जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हरिकेन्स निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४० रनमा समेटिएको थियो ।
हरिकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन बनाए । यस्तै अली शेखले २३, स्मित पटेलले १९ र आर्कषित गोमेलले १८ रन जोडे ।
बलिङमा नेपालका सोमपाल कामी र करण केसीले दुई दुई विकेट लिए । कप्तान रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार साहले सर्वाधिक ४७ रन बनाए ।
यस्तै रोहित पौडेलले २३, सन्दीप जोराले २१, गुलशन झाले २०, कुशल मल्लले १२ र करण केसीले १० रन जोडे । नेपालको ओपनिङ भने कमजोर बन्यो । ओपनरद्वय कुशल भुर्तेल १ र आसिफ शेख ४ रनमा आउट भएका थिए ।
बलिङमा हरिकेन्सका उस्मान शिनवारी र इमरान खान जुनियरले दुई दुई विकेट लिए । जोश ट्रम्प, अली शेख र जिया जाहजादले एक एक विकेट लिए । नेपाल र हरिकेन्सबिचको दोस्रो अभ्यास खेल शनिबार राति हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन