
सुर्खेत । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न कर्णाली प्रदेशस्तरीय रारा कप खुला महिला र पुरुष कबड्डी प्रतियोगिताको दुवैतर्फको उपाधि सुर्खेतले जितेका छ ।
आज सम्पन्न फाइनल खेलमा पुरुषतर्फ दैलेखलाई तथा महिलातर्फ सल्यानलाई हराउँदै सुर्खेतले उपाधि हात पारेको हो । पुरुष फाइनमा सुर्खेतले ४७ अङ्क तथा दैलेखले २९ अङ्क प्राप्त गयो । यस्तै महिलातर्फ सुर्खेतले २९ तथा सल्यानले २७ अङ्क प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले जानकारी दिए । पुरुषतर्फ जाजरकोट र सल्यान तृतीय भए । महिलातर्फ जाजरकोट र कालिकोट तृतीय भए ।
प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेशका हुम्ला बाहेक नौ जिल्लाको टोली तथा महिलातर्फ डोल्पा, हुम्ला र रुकुम पश्चिम बाहेकका सात जिल्ला सहभागी थिए । तीन दिनसम्म चलेको प्रतियोगिताका विजेतालाई पूर्व सांसद गोपालबहादुर बम, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य टक्कबहादुर शाही लगायतले पुरस्कार प्रदान गरेका थिए ।
कर्णाली प्रदेश खेककुद विकास परिषद्को आर्थिक सहयोग तथा मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा रारातालको किनारमा पहिलो पटक कर्णाली प्रदेशस्तरीय महिला तथा पुरुष कबड्डी प्रतियोगिता आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन