
तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ खेलमैदानमा दुई सय ५० जना दर्शक बस्नसक्ने प्यारापिट निर्माण भएको छ ।
व्यास नगरपालिकाको ३० लाख रुपैयाँ सहयोगमा एक हजार एक सय २७ वर्गफिट क्षेत्रफलमा निर्माणाधीन प्यारापिटको ७५ प्रतिशत काम पूरा भएको छ । प्यारापिटले दर्शकलाई घामपानीबाट बचाउँछ ।
खेलमैदानलाई फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबल लगायत खेल प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको बिपी वनबाटिक खेलमैदान निर्माण समितिका अध्यक्ष भुवन गोशलीले बताउनुभयो ।
यसअघि भिमाद नगरपालिका–६ क्याम्पस रोडस्थित रङ्गशालामा प्यारापिट निर्माण भएको थियो । तीन हजार दर्शक क्षमताको उक्त प्यारापिट कूल ५२ लाख ८४ हजार २ सय रुपैयाँ लागतमा निर्माण भएको हो । प्यारापिट बनाउन भिमाद नगरपालिकाको ४६ लाख ८० हजार र स्थानीयले ६ लाख ४ हजार २ सय रुपैयाँ सहयोग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना