
पोखरा । खेल विकासमा क्रियाशील पोखराको सहारा क्लबलाई यस वर्षको उत्कृष्ट खेलकुद सङ्घ अवार्ड प्रदान गरिने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गरेको आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’मा सहारालाई अवार्ड प्रदान गर्ने निर्णय गरिएको मञ्चले जनाएको छ ।
छैटौँ सस्करणसम्म यस विधाअन्तर्गतको अवार्ड खेलसम्बन्धी सङ्घलाई मात्र प्रदान गरिँदै आएकामा सातौँ संस्करणदेखि खेल सङ्घ वा क्लबमध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्न सफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो ।
विसं २०५५ भदौमा ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवामा सेवा गरौँ’ भन्ने नाराका साथ स्थापित क्लब स्वदेशसँगै विदेशसम्म फैलिएको छ ।
स्थापनादेखि उक्त क्लबले निरन्तर खेलकुद र सामाजिक कार्यमा क्रियाशील रहँदै आएको छ । विसं २०५६ मा पृथ्वीचोकमा सार्वजनिक शौचालय निर्माण गरेर सामाजिक कार्यको सुरुआत गरेको क्लबले विसं २०५७ मा ‘सहारा कप’ क्लब स्तरीय ‘लिग कम नकआउट फुटबल’ प्रतियोगिता सञ्चालन गरेको थियो ।
विसं २०५८ मा ‘क्याराभान गोल्डकप फुटबल’ प्रतियोगिता आयोजना गरेको क्लबले त्यसपछि प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिरहेको छ । हालसम्म २३औँ संस्करण सम्पन्न भइसकेको छ ।
पोखरा तथा यस आसपासमा फुटबल खेलतर्फको रौनकता बढाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । असहज समयमा समेत यस प्रतियोतालाई निरन्तरता दिएकाले क्लबले फुटबल खेलको क्षेत्रमा अब्बल क्लबको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।
सहाराले विसं २०६९ देखि सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीमार्फत क्लबले अनाथ तथा असाहय बालबालिकालाई पालनपोषणका साथमा फुटबल समेत सिकाउँदै आइरहेको छ ।
अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबसँगै, वर्ष उत्कृष्ट प्रशिक्षक, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीनानाथ बरालले जानकारी दिनुभयो ।
यसैगरी मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । साथै अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार रुपैयाँ प्रदान गरिने मञ्चले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन