
काठमाडौँ। विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि चौथोपटक आफ्नो वर्चश्व कायम गर्न सफल हुनुभएको छ ।
‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा अपराजित हुने उहाँ विश्वको पहिलो खेलाडी हुनुहुन्छ भने चौथोपटकसम्म लगातार आफ्नो बेल्ट रक्षा गर्ने उहाँ पहिलो अन्तर्राष्ट्रिय खेलाडी बन्नुभएको छ ।
जापानका प्रतिस्पर्धी हिरायामा जिनलाई नकआउट गर्दै उहाँले आफ्नो उपाधि रक्षा गर्न सफल हुनुभएको हो । जापानको नागोया सहरमा सिमराडोजोद्वारा आज आयोजित प्रतिस्पर्धामा २४ वर्षीय व्यवसायिक किक बक्सर घिमिरेले प्रतिस्पर्धीलाई चौथो राउण्डमा नकआउट गर्दै नयाँ कीर्तिमान कायम गर्नुभएको हो । ‘हिमालय चितुवा’का रूपमा परिचित घिमिरेले जापानको विश्वप्रसिद्ध क्लब सिमुरा डोजोबाट खेल्दै आउनुभएको छ ।
प्रतियोगिताको मुख्य आकर्षण रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच)मा युवा बक्सर घिमिरेले तीन मिनेटको पाँच राउण्डको प्रतियोगितामा चौथो राउण्डको एक मिनेट ४० सेकेण्ड अर्थात् १० मिनेट ४० सेकण्डमा प्रतिस्पर्धी बक्सर जिनलाई रिङमा ढालेर ‘प्रोफेसनल किक बक्सिङ हिट ५३ च्याम्पियनसिप’मा टाइटल बेल्टको उपाधि रक्षा गर्नुभएको हो ।
अहिलेसम्म व्यवसायिक किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलमा अपराजित यात्रा कायम गर्दै जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक टाइटल म्याचको उपाधि (बेल्ट) रक्षा गर्दै ‘मिडल वेट’को रेकर्डसमेत कायम राख्न सफल हुनुभएको छ ।
उहाँले विश्वप्रसिद्ध के वान व्यवसायिक किक बक्सिङ प्रतियोगितामा समेत खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई नकआउट गर्न सफल हुनुभएको थियो । हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायतका विश्वप्रसिद्ध किक बक्सरलाई पराजित गरिसक्नुभएको युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराउँदै छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ ।
जापानको नागोयामा सहरमा अबिरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आउनुभएको हिमचितुवा सिमुरा डोजोबाट प्रशिक्षण लिँदै आफ्नो खेल जीवनलाई अगाडि बढाउँदै आउनुभएको छ ।
कराते खेलाडी देव सन् २००४ मा दक्षिण कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उहाँको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन