
गोरखपुर । भारत उत्तर प्रदेशको गोरखपुर जिल्लामा एक महिला बिजुलीको पोलमा चढेको डरलाग्दो घटना सार्वजनिक भएको छ ।
उनले आफनो प्रेमीलाई सँगै राख्न अनुरोध गर्दा श्रीमानले न मानेपछि बिजुलीको पोलमा चढेकी हुन् । ती महिलाका तीन सन्तान छन् र उनको विगत सात वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । श्रीमानले यो कुरा थाहा पाउनेबित्तिकै विरोध गर्न थालेपछि महिलाले आत्महत्या गर्ने धम्की दिन थालेकी थिइन् । बिजुलीको पोलमा चढेपछि पूरै इलाकामा त्रास फैलिएको थियो ।
छिमेकी गाउँका एक युवकसँगको अवैध सम्बन्धलाई उनका श्रीमानले अस्वीकार गरेपछि ती महिलाले धेरै पटक आत्महत्या गर्ने प्रयास गरेको भारतिय संचार माध्यमले जानेको छ । एक महिनाअघि उनले भवनको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । यसअघि महिलाका प्रेमीले रेलमार्गमा पुगेर आत्महत्याको प्रयास गरेका थिए ।
यी घटनाहरू पछी, भर्खरैको एउटा घटनामा, महिला हाइ टेन्सन बिजुलीको तार रहेको बिजुलीको पोलमा चढेको देखियो र भिडियो खिचिएको थियो। घटनास्थलको एक भिडियो अनलाइनमा सार्वजनिक भएको छ, जसमा महिलाले पोलबाट ओर्लन अस्विकार गरिरहेकी थिइन् भने स्थानीयले उनलाई सम्झाएर भुइमा उतार्न प्रयास गरेका थिए । प्रहरीका अनुसार श्रीमान श्रीमती र प्रेमीका बीच मेलमिलाप गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
श्रीमानले श्रीमतीको समस्याबारे प्रहरीलाई जानकारी दिँदै प्रेमी श्रीमतीसँग बस्न चाहेको तर तीन सन्तानकी आमा भएकाले पारिवारिक कारणले उनलाई छोड्न नचाहेको बताए ।
महिला बिजुलीको पोलमा चढेको जानकारी पाएलगत्तै प्रहरी र विद्युत् विभागका कर्मचारीले घटनास्थल पुगेर तत्काल महिलालाई शान्त पारेर पोलबाट तल ल्याएका थिए । अहिले उनी सकुशल छिन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने