
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले विभागीय प्रमुखहरुलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा आइतबार आयोजित छलफलमा उहाँले सेवा प्रवाहलाई अझ चुस्त बनाएर कार्य सम्पादन गर्न सबै विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको हो ।
‘गलत गर्नु हुँदैन, गल्ती गर्नेलाई कारबाही हुनु, राम्रो गर्नेलाई प्रोत्साहन गर्नुपर्छ । असल नियतले काम गर्दागर्दै भएको भूललाई सहज लिनुपर्छ । मनसाय गलत राखिएका गल्तीप्रति आँखा चिम्लनु हुँदैन’ उहाँले भन्नुभयो– ‘गएको वर्षको तुलनामा यस वर्ष गुनासा कम छन् । सुधारका सङ्केत देखिएका छन् । खर्च कम भयो भनेर नआत्तिनू । भौतिक प्रगति कति भएको छ ? हेर्नू । काम भइसकेपछि भुक्तानी नरोक्नू, कोही कर्मचारी बिदामा बसेका कारण सेवा प्रभावित हुनु हुँदैन । कोही बिदामा बस्दा सेवा प्रवाह नरोकिने व्यवस्था मिलाउनुपर्छ ।’
उहाँले वर्षौंसम्म काम गरिरहेका कर्मचारीको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “धेरै कार्यक्रममध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहोस् भनेर हामीले महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याएका हौँ । यी कार्यक्रमको कार्यान्वयन दायित्व विभागीय प्रमुखहरुको हो । यसलाई प्राथमिकता राख्नुहोला ।”
लक्ष्य प्राप्त गर्न कर्मचारीको सक्रियता आवश्यक रहेको बताउँदै प्रमुख शाहले भ्रमण, गोष्ठी र कार्यशाला घटाउन र वार्षिक लक्ष्य पूरा गराउन सक्रिय हुन निर्देशन दिनुभयो । बैठकमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, शहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारी सहभागी हुनुहुन्थ्यो । यस क्रममा विभागका प्रमुखहरुले प्रगतिको सङ्क्षिप्त जानकारी गराउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह